जोशी हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

१० मंसिर २०८२, बुधबार १५:२४

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । बुधबार कम्पनीको २४ लाख १४ हजार १ सय कित्ता शेयर सूचीकृत भएको हो।

शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्ने सक्ने छन् । कम्पनीले साउन १५ गतेदेखि भदौ १९ गतेसम्म १स्०।६५ को अनुपातमा ६५ प्रतिशतले हुन आउने २४ करोड १४ लाख १० हजार रुपैयाँको २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो।

नेपाल धितोपत्र बोर्डले जेठ २६ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*