भगवती कम्पोजिट इण्डष्ट्रिजले आईपीओ निष्काशन गर्ने

१० मंसिर २०८२, बुधबार १६:२४

काठमाडौं । भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशत आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर अंकित मूल्य १ सय रुपैयाँ दरका ६ लाख ४४ हजार कित्ता आइपिओ निष्काशन गर्ने तयारी गरेको हो ।

कम्पनीले आईपीओ निष्काशन प्रयोजनका लागि नेपाल लाइफ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । आज मङ्सिर १० गते बुधवार नेपाल लाइफ क्यापिटल लिमिटेड कमलपोखरीस्थित कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौतापत्रमा भगवती कम्पोजिट इण्डष्ट्रिजका तर्फबाट अध्यक्ष दक्षिणा गैह्रे न्यौपाने तथा नेपाल लाइफ क्यपिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरले हस्ताक्षर गरे ।

भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले विगत १५ वर्षदेखि चितवनको भरतपुरमा अत्याधुनिक प्रविधि प्रयोग गर्दै गुणस्तरीय उद्योगजन्य बस्तुहरु उत्पादन गर्दै आइरहेको छ । यसको उद्देश्य उच्च गुणस्तरका, दिगो, सुरक्षित र प्रविधिमैत्री उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउनु रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*