डिशहोम गो मार्फत् एनपीएल विश्वभर प्रत्यक्ष प्रसारण

११ मंसिर २०८२, बिहीबार १२:१०

काठमाडौं । डिशहोम गो ले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्रत्यक्ष प्रसारण विश्वभर (भारत बाहेक) उपलब्ध गराउँदै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। जनकपुर बोल्ट्स र काठमाडौं गोर्खा बीचको उद्घाटन खेल दुई लाखभन्दा बढी दर्शकले हेरेका छन्।

उद्घाटन खेलमा केही प्रयोगकर्ताले सेवा उपयोग गर्न कठिनाइ अनुभव गरे पनि यो समस्या धेरै पक्ष संलग्न रहेको प्रणालीगत प्रक्रियाका कारण उत्पन्न भएको डिशहोम गो ले जनाएको छ। विशेष गरी आइओएस् प्रयोगकर्तामा देखिएका सदस्यता खरीद सम्बन्धी चुनौती दोस्रो दिनदेखि समाधान भई सबै प्रयोगकर्ताले सहज रूपमा खेल हेर्न सक्ने अवस्था आएको कम्पनीले जनाएको छ।

दोस्रो र तेस्रो दिनका खेलहरूमा करीब सबै प्राविधिक समस्या समाधान भएको तथा दोहोरो भुक्तानी गरेका प्रयोगकर्ताको रकम फिर्ता प्रक्रिया शुरु गरिएको डिशहोम गो ले जानकारी दिएको छ। साथै बुधबारदेखि नै खल्ती तथा इसेवा मार्फत एनपीएल सिजन पासका भौचर किन्न सकिने व्यवस्था मिलाइएको र यो नेपालमै मात्र प्रयोगयोग्य हुने जनाएको छ।

पूर्ण रूपमा मोबाइल एपमार्फत प्रत्यक्ष खेल प्रसारण गर्ने पहिलो नेपाली प्लेटफर्मको रूपमा डिशहोम गो ले आफ्नो पहिचान स्थापित गरेको छ। कम्पनीका अनुसार प्रारम्भिक चुनौतीहरूको समाधानसँगै सेवा अब विश्वस्तरीय स्ट्रिमिङ प्लेटफर्मको दायरातर्फ अघि बढिरहेको छ। डिशहोम एपका प्रवक्ताले प्राविधिक चुनौतीहरू विभिन्न पक्ष संलग्न प्रक्रियाको भएको र हाल यसको समाधान भइसकोको बताएका छन्। पहिलो दिन मात्रै २ लाखले सजिलै हेर्न पाएका र अब विना झन्झट सजिलै एनपीएल हेर्न सकिने धारणा व्यक्त गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*