राष्ट्रपतिबाट सेना परिचालनको अनुमति
११ मंसिर २०८२, बिहीबार १६:३५

काठमाडौँ । आगामी २१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनका क्रममा सुरक्षा व्यवस्थालाई मजबुत बनाउने उद्देश्यले नेपाली सेनालाई परिचालन गर्न औपचारिक स्वीकृति प्राप्त भएको छ। मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालन गर्ने प्रस्ताव अनुमोदन गरेका हुन् ।
यसअघि ४ मंसिरमा सिंहदरबारस्थित सुरक्षा परिषद्को ४१औँ बैठकले निर्वाचन सुरक्षा संवेदनशील रहेको निष्कर्ष निकाल्दै सेना परिचालनका लागि मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको थियो। सोही सिफारिस मन्त्रिपरिषद्ले पारित गरेपछि राष्ट्रपति पौडेलबाट स्वीकृति प्राप्त भएको हो। स्वीकृतिसँगै निर्वाचन अवधिभर सेना तैनाथीका कार्यक्रम अघि बढ्न मार्ग खुलेको छ।
यो निर्वाचनलाई सामान्यभन्दा बढी जोखिमयुक्त मानिएकोले यसपटक सुरक्षा व्यवस्था थप कडा बनाइने तयारी गरिएको छ।














