कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छाड्न आदेश

११ मंसिर २०८२, बिहीबार १६:५५

काठमाडौँ ।  पाटन उच्च अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई भेप सुन तस्करी प्रकरणमा २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

न्यायाधीश अर्जुन प्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलाशले पुर्पक्षका लागि थुनामा राखिएका महरालाई उक्त धरौटीमा छाड्न आदेश जारी गरेको हो।

जिल्ला अदालत काठमाडौँले असोज २९ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करी प्रकरणमा सीआइबीले महराविरुद्ध अनुसन्धान गरेको थियो।

महराले भेप प्रकरणमा आफ्नो लगानी र संलग्नता अस्वीकार गरेका छन्। सरकारी वकिलले उनलाई सङ्गठित अपराध निवारण ऐन र भन्सार ऐन अन्तर्गतको कसुरमा ८ करोड ५५ लाख २८ हजार रुपैयाँ बिगो मागदाबी लगाएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*