बाढी–पहिरोमा ७४४ दाबीमध्ये बीमितलाई भुक्तानी १ करोड १४ लाख भुक्तानी

११ मंसिर २०८२, बिहीबार १७:४७

काठमाडौँ । २०८२ साल असोज १८ गते यताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा परेका ७४४ वटा प्रारम्भिक बीमा दाबीको कूल करिव ३ अर्ब ७७ करोड ४२ लाख दाबी रकममध्ये हालसम्ममा करिव १ करोड १४ लाख बीमितहरुलाई भुक्तानी भएको छ ।

विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक जानकारी अनुसार निर्जीवन बीमा कम्पनीहरुबाट सम्पत्ति बीमा तर्फ ४०५ वटा दाबीको दाबी रकम करिव ३ अर्ब २१ करोड ५० लाखमध्ये करिव ६४ लाख, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०४ वटा दाबीको करिव ४७ करोड ६६ लाखमध्ये करिव १ लाख ५४ हजार, कृषि तथा बाली बीमातर्फ २१० वटा दाबीको करिव रु. ४ करोड १४ लाखमध्ये करिव १ लाख र मोटर बीमा (निजी) तर्फ ४० वटा दाबीको करिव २ करोड ८२ लाखमध्ये करिव रु. ४८ लाख बीमितलाई भुक्तानी भएको हो ।

मोटर बीमा (सार्वजनिक) तर्फ १० वटा दाबीको करिव १ करोड ८ लाख, अन्य बीमातर्फको २ वटा दाबीको करिव १२ र सामुद्रिक बीमातर्फ ३ वटा दाबीको करिव १० को बीमा दाबी भुक्तानी शुरु भएको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*