१९ करोडभन्दा बढीको अवैध क्रिप्टो कारोबारमा काठमाडौं डल्लुबाट एक व्यक्ति पक्राउ

१२ मंसिर २०८२, शुक्रबार १०:२७

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने मोहम्मद सेफलाई अवैध रूपमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा सेफलाई नियन्त्रणमा लिइएको हो।

बारा कलैया नगरपालिका घर भई डल्लुमा बस्दै आएका सेफको कब्जाबाट कारोबारमा प्रयोग भएको विभिन्न कम्पनीका दुई थान मोबाइल फोनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले सेफमाथि प्रारम्भिक अनुसन्धान गर्दा १९ करोड ८१ लाख ४९ हजार ५८१ रुपैयाँभन्दा बढी बराबरको अभौतिक मुद्रा कारोबार गरेको तथ्य फेला परेको जानकारी दिएको छ।

अभौतिक मुद्राको प्रयोग तथा कारोबार गर्न नहुनेसम्बन्धी विद्यमान कानूनी व्यवस्था उल्लङ्घन गरेको आरोपमा सेफमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। यसका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद समेत थप अनुमतिसहित अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*