हङकङको आवासीय क्षेत्रमा भीषण आगलागी : ९४ को मृत्यु, सयौं बेपत्ता

१२ मंसिर २०८२, शुक्रबार ११:१२

काठमाडौँ । हङकङको ताई पो क्षेत्रमा बुधबार राति भएको भीषण आगलागीमा कम्तीमा ९४ जनाको ज्यान गएको छ भने ७६ भन्दा बढी घाइते भएका छन्। आगोले आठ भवनमध्ये सात वटा आवासीय टावरलाई समेटेपछि घटना अत्यन्तै भयावह बनेको अधिकारीहरूले बताएका छन्। आगो अब पूर्णरूपमा नियन्त्रणमा आइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

घटनापछि करिब ३०० व्यक्ति बेपत्ता रहेको अनुमान गरिएको छ। आगलागीका क्रममा भवनभित्र कति निवासी थिए भन्ने यकिन विवरण आइसकेको छैन तर पछिल्लो तथ्यांक अनुसार ती आवासीय ब्लकहरूमा झन्डै ४ हजार ६ सय मानिस बस्दै आएका थिए।

स्थानीय बासिन्दाले सुरक्षा पूर्वाधारको कमजोरीबारे गम्भीर आक्रोश व्यक्त गरेका छन्। उनीहरूका अनुसार भवन बाहिर प्रयोग गरिएका सामग्री आगो प्रतिरोधी नभएकै कारण आगो छिट्टै फैलिएको हुनसक्छ। विषयमा अनुसन्धान जारी छ भने आगलागीको वास्तविक कारण खुल्न बाँकी छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*