एक हजार दरका ४३ करोड थान नोट छाप्न चिनियाँ कम्पनीले पायो टेण्डर

१२ मंसिर २०८२, शुक्रबार ११:२९

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान नोट छपाइका लागि चिनियाँ कम्पनीलाई ठेक्का दिएको छ।

राष्ट्र बैंकले भदौ १० गते आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियामा चीनको चाइना बैंक नोट मिन्टिङ एण्ड प्रिन्टिङ कर्पोरेशन चयन भएको हो। छनोट प्रक्रिया पूरा भएपछि राष्ट्र बैंकले उक्त कम्पनीसँग औपचारिक रूपमा करार सम्झौता गरेको जानकारी दिएको छ।

राष्ट्र बैंकका अनुसार सो कम्पनीले १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलर लागतमा ४३ करोड थान एक हजार दरका नोट छाप्ने जिम्मा पाएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*