महङ्गीयो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
१४ मंसिर २०८२, आईतवार १०:३८

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५२ हजार २०० रुपैयाँ पुगेको छ ।
यता, चाँदीको पनि तोलामा १४५ रुपैयाँले बढेर प्रतितोला तीन हजार ४९० रुपैयाँ पुगेको छ ।













