बझाङमा ४.४ म्याग्निच्यूडको भूकम्पको धक्का
१४ मंसिर २०८२, आईतवार १३:१८

काठमाडौं । आज मध्यान्ह १२ बजेर ९ मिनेटको समयमा बझाङ जिल्लाको सैपाल क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।
सैपाल हिमाल केन्द्रविन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्पको धक्का गएको हो। यस भूकम्पको धक्का छिमेकी जिल्ला बाजुरामा पनि महसूस भएको छ।













