प्रभु बैंकको बागडोर सम्हालि रहेको ब्यक्ति पक्राउ भएसँगै के होला शेयर मूल्य ?

१४ मंसिर २०८२, आईतवार १७:५५

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन तथा नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मणिराम पोखरेलको पक्राउपछि बैंकिङ्ग क्षेत्रमा तरङ्ग उत्पन्न भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले आर्थिक अपचलनको आरोपमा आज उनीहरुलाई नियन्त्रणमा लिएको हो।

यसअघि प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचन पक्राउ परिसकेका छन्। भट्टचनमाथि ९८ करोड रुपैयाँ ठगी गरेको आरोप लगाइएको थियो भने उक्त उजुरी प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको थिइन्। अनुसन्धानको क्रममा बैंकका अन्य उच्च अधिकारीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने आवश्यकतालाई आधार बनाएर शेरचन र पोखरेल पक्राउ परेका हुन्।

बैंकिङ क्षेत्रमा यो घटनाले गहिरो प्रभाव पारिरहेको छ। प्रभु बैंकको हालको शेयर मूल्य प्रतिकित्ता १९४ रुपैयाँ रहेको छ। लगानीकर्ताहरुमा उच्च तहका व्यवस्थापन अधिकारीको नियन्त्रणमा लिनु कम्पनीको वित्तीय स्थायित्वमा असर पुर्‍याउने विषयको चासो बढाएको छ। विशेषगरी बैंकको नीति र दैनिक सञ्चालनमा सीईओ तथा डीसीईओको भूमिका अत्यन्तै महत्वपूर्ण रहन्छ। दुबै अधिकारी पक्राउ परेपछि शेयर बजारमा तत्कालै प्रभाव देखिने आंकलन भइरहेका छन् ।

उच्च तहका व्यवस्थापनमा रहेका व्यक्तिहरु पक्राउ परेपछि शेयर मूल्यमा गिरावट आउने सम्भावना हुन्छ । बैंकको आगामी नीति र व्यवस्थापनलाई कसरी अघि बढाइनेछ भन्ने अनिश्चितताको प्रभावले शेयर बजारमा अस्थिरता ल्याउने संकेत देखिन्छ।

अब प्रभु बैंकको शेयर मूल्य के होला त्यो भोलिको ११ बजेपछि थाहा हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*