डिजेल र मट्टितेलको मूल्य घट्यो

१४ मंसिर २०८२, आईतवार २०:३७

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

भारतबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार डिजेलमा प्रतिलिटर १ रुपैयाँ ४४ पैसा घटेर आएसँगै निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमा १ रूपैयाँले घटाएको हो ।

मूल्य घटेसँगै १४४ रुपैयाँ ५० पैसा पर्ने प्रतिलिटर डिजेलरमट्टितेलको मूल्य १४३ रुपैयाँ ५० पैसा ९पहिलो वर्ग०, १४६ रुपैयाँ पर्ने प्रतिलिटर डिजेलरमट्टितेलको मूल्य १४५ रुपैयाँ ९दोस्रो वर्ष० र १४७ रुपैयाँ पर्ने प्रतिलिटर डिजेलरमट्टितेलको मूल्य १४६ रुपैयाँ पर्नेछ । यो मूल्य आइतबार राति १२ बजेपछि लागु हुनेछ ।

हवाई इन्धनमा भने प्रति लिटर ५ रुपैयाँ ६२ पैसा बढेर आएकोले आन्तरिकतर्फ प्रति लिटर ६ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ पुर्‍याइएको निगमले जनाएको छ । भारतबाट हवाई इन्धनको मूल्य बढेर आएसँगै आन्तरिकतर्फ प्रतिलिटर १२८ रुपैयाँबाट १३४ रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*