रिभर फल्स पावरको लिलामी शेयर बाँडफाँड, कतिमा बिक्यो?

१५ मंसिर २०८२, सोमबार ०९:०१

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले कात्तिक २६ गतेदेखि मंसिर ३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रद्वारा खरीद आह्वान गरेको १० लाख ३८ हजार ९२४ अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ।

बिक्री अवधिभर परेका बोलपत्रहरू मंसिर ८ गते खोली आवेदकहरूको आवश्यक प्रशोधन गरी मंसिर १४ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँड गरेको हो।

बाँडफाँडको अन्तिम मूल्य (कट अफ प्राइस) ३१८.१० रुपैयाँ निर्धारण भएको छ। यस मूल्यमा बोलपत्र पेश गर्नेहरूको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रूपमा शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जानकारी दिएको छ।

साथै बाँडफाँडमा शेयर नपाएकाहरूको रकम आज मंसिर १५ गतेदेखि आवेदकले आवेदन फाराममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा आईपीएस मार्फत् रकम फिर्ता गरिने कम्पनीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*