राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षाः सुस्त अटो बजारलाई छुन सकेन

१५ मंसिर २०८२, सोमबार १२:२७

काठमाडौँ । भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनपछि अटो बजार सुस्त बनेको छ। गाडी बिक्री हुनै सकस परिरहेको अवस्थामा व्यवसायीहरू चिन्तित बनेका थिए। व्यवसायीहरूले राष्ट्र बैंकले सार्वजनिक गर्ने चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा मार्फत बजारमा सहजता आउने आशा गरेका थिए।

तर, समीक्षामा अटोमोबाइल्स क्षेत्र सम्बन्धि कुनै पनि प्रावधान समावेश गरिएको छैन। व्यवसायीहरूले अटो लोनमा लोन टू भ्यालू रेसियो परिवर्तनको अपेक्षा राखेका थिए।

हाल सबै खाले सवारी साधन खरिदमा लोन टू भ्यालू रेसियो ६०ः४० लागू छ। व्यवसायीहरूले बिक्री बढाउन यसलाई ८०ः२० गर्नुपर्ने माग राखेका छन्, तर मौद्रिक नीतिको समीक्षामा यस विषयमा कुनै व्यवस्था गरिएको छैन।

गाडी किन्ने घट्दा तनावमा अटो व्यवसायी, हजारौँ गाडी गोदाममै स्टक

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*