सुन तस्करीको आरोपमा नेपाल एअरलाइन्सका चालक दलका सदस्य कतारमा पक्राउ
१५ मंसिर २०८२, सोमबार १३:५३

काठमाडौं । नेपाल एअरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारी सुन तस्करीको आरोपमा कतारमा पक्राउ परेका छन्। सुन तस्करीको आशंकामा उनलाई कतार प्रहरीले दोहा एअरपोर्टमा पक्राउ गरेको हो।
मंसिर १३ गते उडान नम्बर आरए २४० दोहाबाट उडान भरेर काठमाडौं आउन लाग्दा दोहा विमानस्थलमा भन्सार जाँचका क्रममा उनको साथबाट करीब ८ तोला सुन बरामद भएको बताइएको छ।













