वार्षिकोत्सवको अवसरमा हिमालयन एभरेष्टद्वारा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम, हेर्नुहोस् तस्बिरहरु

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो ३२औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता झल्किने रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको छ। तीन दशकभन्दा बढी समयदेखि निर्जीवन बीमा क्षेत्रको विस्तार, प्रवर्द्धन र आधुनिकीकरणमा महत्वपूर्ण भूमिका खेलेको कम्पनीले यस वर्ष पनि समाजप्रति उत्तरदायी संस्थाका रूपमा आफ्ना गतिविधि अघि सारेको हो ।
कम्पनीको बबरमहलस्थित कार्यालयमा सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म आयोजना गरिएको उक्त शिविरमा रक्तदानसँगै निःशुल्क आँखा परीक्षण तथा नाक–कान–घाँटी स्वास्थ्य सेवा प्रदान गरिएको थियो।

देशैभर गरेर २ सय ६१ जनाले रक्तदान गरेका छन् । बागमती ४७, लुम्बिनीमा ६०, गण्डकी ३९, कोशी ५३, मधेश २२, र सुदूरपश्चिम ४० जना रक्तदान कार्यक्रममा सहभागी भए ।
यसै अवसरमा, संस्थाको केन्द्रीय कार्यालयमा एक दिने आँखा तथा कान स्वास्थ्य शिविर पनि आयोजना गरिएको थियो । स्वास्थ्य शिविरमा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडका कर्मचारी र अन्य गरि १ सय २८ जनाले स्वस्थ्य परीक्षण गरेका थिए । विशेषज्ञ चिकित्सकहरूको टोलीले कर्मचारीहरूलाई निःशुल्क परीक्षण, प्रारम्भिक परामर्श तथा आवश्यक स्वास्थ्य सिफारिस प्रदान गरिएको थियो । उक्त स्वास्थ्य परीक्षणले कर्मचारीहरूको स्वास्थ्यप्रति संस्थाको प्रतिवद्धता झनै स्पष्ट बनाएको छ ।
कार्यक्रममा कम्पनीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अन्जु श्रेष्ठ पनि उपस्थित थिइन् ।
























