‘ग्रेटेस्ट अफर अल टाइम’: टाटा टियागो ईभी किन्दा बाली यात्रा, आइफोन १७ प्रो म्याक्स र नगद छुट

१६ मंसिर २०८२, मंगलवार १०:३१

काठमाडौँ । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा टियागो ईभीका लागि ‘ग्रेटेस्ट अफर अल टाइम’ सार्वजनिक गरेको छ । यसअघि कहिल्यै नदिएको आकर्षक योजना ल्याउँदै कम्पनीले टियागो ईभी खरिद गर्ने ग्राहकलाई ठूलो नगद छुटदेखि प्रिमियम सेवासम्म प्रदान गर्ने घोषणा गरेको हो।

अफरअन्तर्गत ग्राहकले तीन विशेष उपहार विकल्पमध्ये कुनै एक रोज्न सक्नेछन्—जोडीसँग बाली भ्रमण, आइफोन १७ प्रो म्याक्स वा सबैभन्दा ठूलो नगद छुट। कम्पनीका अनुसार यी उपहारमध्ये जुनसुकै छानोस्, प्रत्येक विकल्प ग्राहकका लागि उच्च मूल्यको र उपयोगी हुनेछन्।

योजनामा सर्वश्रेष्ठ एक्सचेन्ज मूल्य, जीवनभरका लागि डीसी फास्ट चार्जिङ सुविधा, एक वर्षको सवारी कर, निःशुल्क एसेसरिज र फ्री होम चार्जर इन्स्टलेसन जस्ता अतिरिक्त सेवा पनि समावेश गरिएको छ। यसले ग्राहकलाई सस्तो, सजिलो र झन्झट–मुक्त इलेक्ट्रिक सवारी अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

नेपाली बजारमा लोकप्रिय टाटा टियागो ईभी आधुनिक डिजाइन, उत्कृष्ट प्रदर्शन र किफायती सञ्चालन खर्चका कारण ग्राहकको प्राथमिक रोजाइमा पर्छ। कम्पनीले टियागो ईभीको सुरुवाती मूल्य २७ लाख ४९ हजार रुपैयाँ तोकेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*