कीर्तिपुरमा क्रिकेट खेलको क्रममा चियर लिडर घाइते, बयोधा अस्पतालमा भर्ना
१६ मंसिर २०८२, मंगलवार १४:४९

काठमाडौँ । कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलको दौरान चियर लिडर शर्मिला विक घाइते भएकी छन्। विकलाई तत्काल उपचारका लागि बल्खुको बयोधा अस्पताल लगिएको छ।
घाइते विकको अनुहारमा चोट लागेको र खेलको समयमा उनलाई रगत लागेको अवस्था देखिएको थियो। चोट खेलका क्रममा चितवन राइनोजकी कप्तान कुशल मल्लले जनकपुर बोल्ट्सविरुद्ध छक्का हानेको बलले लागेको बताइएको छ।
अस्पतालमा उपचाररत विकको स्वास्थ्य अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ।













