युनियन हाइड्रोपावर र माउन्टेन इनर्जीमा झुम्मिए लगानीकर्ता

१६ मंसिर २०८२, मंगलवार १५:०५

काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेस्पे) मा आज कुल ४ अर्ब ४८ करोड १३ लाख ९४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। जसमध्ये युनियन हाइड्रोपावरको ३१ करोड ८१ लाख रुपैयाँ र माउन्टेन इनर्जीको २२ करोड ९४ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

त्यसपछि ङादी ग्रुप पावरको १६ करोड १६ लाख रुपैयाँ, ग्रीन भेन्चर्सको ११ करोड ११ लाख रुपैयाँ, यूनाइटेड मोदी र हिमालयन रिको १० करोड ६९ लाख रुपैयाँ, नारायणी विकास बैंकको ८ करोड ९० लाख रुपैयाँ, बुंगल हाइड्रोको साढे ८ करोड रुपैयाँ, नेपाल रिको ८ करोड ४१ लाख रुपैयाँ र बरुण हाइड्रोपावरको ८ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*