टेलिकमको मोबाइल डेटा सेवा ठप्प, प्रयोगकर्ता हैरानीमा

१६ मंसिर २०८२, मंगलवार १८:२३

काठमाडौं । काठमाडौंसहित विभिन्न जिल्लामा मंगलबार अपराह्नदेखि नेपाल टेलिकमको मोबाइल डेटा सेवा अवरुद्ध भएको छ। करिब साढे ५ बजेदेखि केही प्रयोगकर्ताले इन्टरनेट नचल्ने समस्या भोगिरहेका छन्।

प्रयोगकर्ताहरूका अनुसार मोबाइलमा डेटा अन गरे पनि नेटवर्कमा इन्टरनेट कनेक्सन देखिँदैन। टेलिकमको सिमबाट भ्वाइस कल भने सहजै गर्न सकिएको छ तर डेटा सेवा पूर्ण रूपमा अवरुद्ध रहेको पाइएको छ।

कम्पनीले पनि हालसम्म मोबाइल नेटवर्कमा देखिएको समस्या सम्बन्धी कुनै सार्वजनिक सूचना जारी गरेको छैन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*