क्यानका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

१७ मंसिर २०८२, बुधबार १४:३४

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले अधिकारीलाई नियन्त्रणमा लिएको हो ।

उनसहित क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ। उनीहरूलाई भक्तपुरको नलिन्चोक हेलिकप्टर दुर्घटनासँग सम्बन्धित भ्रष्टाचार मुद्दा दर्ता गर्नका लागि नियन्त्रणमा लिइएको बताइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*