मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा
१७ मंसिर २०८२, बुधबार १५:४२

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन् ।
प्रदेशसभामा विश्वासको मत माग्ने क्रममा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले औपचारिक प्रक्रिया अघि नबढाई नै पदत्यागको घोषणा गरेका हुन् ।
विश्वासको मत लिनका लागि आज बिहान साढे ८ बजे नै प्रदेश सभा बैठक बोलाइएको थियो । यद्यपि मुख्यमन्त्री यादव आफैं उपस्थित नभएपछि बैठक स्थगित गरिएको थियो ।
दिउँसो बसेको प्रदेशसभा बैठकमा उनले राजीनामा घोषणा गरेका हुन् ।













