अनामनगरको धोबीखोलामा साइकल सहित मृत व्यक्ति फेला

१८ मंसिर २०८२, बिहीबार ०८:२०

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलमा साइकल सहित एक व्यक्ति मृत फेला परेका छन्।

आज बिहानै उक्त खोलाको पुल नजिकै एक व्यक्ति साइकलसँगै मृत अवस्थामा देखिएपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका छन् भने हाल प्रहरीले शव उद्धार गरेर पोस्टमार्टमा लागि पठाउँदैछ। प्रहरी मृतकको पहिचान गर्ने क्रममा रहेको छ।

दुर्घटना राति नै भएको हो वा विहानै भएको भन्ने पनि खुलिसकेको छैन। प्रारम्भिक रूपमा साइकल दुर्घटना भएर खोलामा खस्दा ज्यान गएको जस्तो देखिएको भए पनि यकीन कारण भने खुलिसकेको छैन। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*