स्रोत नखुलेको साढे ६ लाख सहित एकजना पक्राउ

१८ मंसिर २०८२, बिहीबार ०९:३१

काठमाडौं । प्रहरीले मोरङमा स्रोत नखुलेको ६ लाख ४९ हजार ५०० रुपैयाँ सहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१८ बस्ने ३९ वर्षीय रबि प्रकाश साह रहेका छन्।

उनलाई प्रहरीको टोलीले विराटनगर महानगरपालिका–१७ मटेरूवा चोकबाट स्रोत नखुलेको रकम सहित बुधबार बिहान पक्राउ गरेको हो।

कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को २४ प ७९८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई चेकचाँचको क्रममा स्रोत नखुलेको रकम सहित पक्राउ गरेको हो। यस विषयमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*