नेपाल इन्स्योरेन्स कम्पनीद्धारा आयोजित फुटसल प्रतियोगिता भोलिदेखि शुरु हुने
१८ मंसिर २०८२, बिहीबार १६:०५

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले यही मसिंर १९ र २० गते सामाखुसीमा फुटसल आयोजना गर्ने भएको छ । कम्पनीका अनुसार उक्त फुटसल मसिंर १९ गते शुक्रवार विहान ७ः३० वजे उदघाटन गरि विहान ८ः०० वजे देखि खेल शुरु हुने भएको छ । सो प्रतियोगितामा सहभागि समुहरुको विभाजन र खेल तालिका समेत प्रकाशित गरेको हो ।
उक्त प्रतिगितामा नेपाल बीमा प्राधिकरण लगायत सम्पुर्ण, जीवन, निर्जिवन लघु तथा पुनर्बीमा कम्पनीहरु र सर्भेयरहरु समेतको सहभागिता रहेको छ । उक्त प्रतियोगिताको नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आधिकारिक फेसबुक पेजबाट लाईभ प्रसारण समेत गर्ने व्यवस्था मिलाईएको छ ।













