निर्वाचन सम्बन्धी छलफलका लागि सर्वपक्षीय बैठक बस्दै

१९ मंसिर २०८२, शुक्रबार ०७:०३

काठमाडौं । नजिकिंदै गरेको निर्वाचन सम्बन्धी छलफलका लागि आज सर्वपक्षीय बैठक बस्दैछ। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजेदेखि बैठक बस्नेछ।

बैठकमा सरकार, प्रमुख पाँच राजनीतिक दलका प्रतिनिधि, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहनेछ। बैठकमा सहभागी हुनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरूलाई निमन्त्रणा गरिएको छ।

जेनजी आन्दोलनको जगमा प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीको सिफारिसमा राष्ट्रपटि रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी फागुन २१ गते निर्वाचनको मिति तोकेसँगै त्यसैको तयारीमा सरकार, निर्वाचन आयोग, राजनीतिक दलहरू र सुरक्षा निकाय लागेको छ। एमाले भने प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदातल समेत गएको छ। यता माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन पनि हुँदैछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*