निर्जीवन बीमकहरुको सोल्भेन्सी रेसियो अनुपात ३.४३, शिखर इन्स्योरेन्सको जोखिम धारण क्षमता उच्च

काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुको औषत सोल्भेन्सी रेसियो अनुपात ३.४३ रहेको देखिएको छ । निर्जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार उक्त सोल्भेन्सी रेसियो रहेको देखिएको हो ।
नेपालमा सञ्चालित १४ वटा निर्जीवन बीमा कम्पनी मध्ये शिखर इन्स्योरेन्सको सोल्भेन्सी रेसियो अनुपात सबैभन्दा बढी रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियो ५.०८ रहेको छ । सोल्भेन्सी रेसियो अनुसार शिखर इन्स्योरेन्सलाई सबैभन्दा सुरक्षित कम्पनीको रुपमा स्थापीत गरेको छ ।
सोल्भेन्सी रेसियोको आधारमा दोस्रो सुरक्षित कम्पनीको सूचिमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । सो कम्पनीको सोल्भेन्सी रेसियो ५.०४ रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियोले आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको जोखिम धारण क्षमता अब्बल रहेको देखाएको छ ।
त्यस्तै, तेस्रो उत्कृष्ट कम्पनीमा प्रभु इन्स्योरेन्स परेको छ । सो कम्पनीको सोल्भेन्सी रेसियो ४.६६ रहेको छ । अर्को उत्कृष्ट कम्पनीमा नेपाल इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीको ४.३३ रहेको छ । सोल्भेन्सी रेसियोले लगानी गर्नका लागि कम्पनी सुरक्षित रहेको र जोखिम धारणा क्षमता उच्च रहेको देखाएको छ ।
समीक्षा अवधिमा नेको इन्स्योरेन्सको सोल्भेन्सी रेसियो अनुपात ३.८४, एनएलजी इन्स्योरेन्सको ३.४२, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३.३२, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३.१८ र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २.७५ रहेको छ ।
त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सको सोल्भेन्सी रेसियो अनुपात २.७३, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको पनि २.७३, द ओरियण्टल इन्स्योरेन्सको २.६६ र सानिमा जिआइसी इन्स्योरेन्सको २.६२ रहेको छ । यस अवधिमा नेशनल इन्स्योरेन्सको सोल्भेन्सी रेसियो अनुपात १.६७ रहेको छ ।
नेपालमा सञ्चालित १४ वटा निर्जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो नियामक बीमा प्राधिकरणले तोकिए भन्दा निकै राम्रो अवस्थामा देखिएको छ । बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई सोल्भेन्सी रेसियो १.५० अनिवार्य गरेको छ ।
के हो सोल्भेन्सी रेसियो ?
सोल्भेन्सी मार्जिन भनेको बीमा हरूकम्पनीको सम्पत्ति र दायित्व बीचको अनुपात हो । जसले कम्पनीको वित्तीय स्थिरता र जोखिम वहन क्षमताको मापन गर्दछ । यसको उद्देश्य भनेको कम्पनीले भविष्यमा आउने दाबीहरू भुक्तानी गर्न सक्षम छ या छैन भने देखाउँछ अर्थात दाबी भुक्तानीको लागि पर्याप्त पूँजी राख्नु पर्छ भन्ने हो ।
नेपाली बीमा कम्पनीहरूले प्राधिकरणले तोके भन्दा पनि धेरै नै सोल्भेन्सी मार्जिन कायम गरेका छन् । यसले नेपाली कम्पनीहरू जोखिममा छैनन भन्ने देखाउँछ ।













