कालीमाटीमा तरकारीः गोलभेंडा ६०, काउली ४५ रुपैयाँ किलो

२१ मंसिर २०८२, आईतवार ०८:५१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ६० रुपैयाँ, लोकल बन्दा ५५ रुपैयाँ, स्थानीय काउली ४५ रुपैयाँ, लोकल घिउ सिमी १४० रुपैयाँ, तीते करेला १०० रुपैयाँ र परवर ९० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी घिरौला १०० रुपैयाँ, बरेला ७० रुपैयाँ, इस्कुस २० रुपैयाँ, भिण्डी ११० रुपैयाँ, रायोको साग ५० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ, कन्य च्याउ १७० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ र ब्रोकाउली १२० रुपैयाँ प्रतिकिलो न्यूनतम भाउमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*