सुनको भाउ घट्दा चाँदीको बढ्यो, प्रतितोला कति?

२१ मंसिर २०८२, आईतवार १०:५०

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ घट्दा चाँदीको भाउ बढेको छ। आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो भने चाँदीको भाउ तोलामा ५० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा झरेको छ। गत शुक्रबार छापावाला सुन प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँका प्रतितोलाका दरले किनबेच भएको थियो।

त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार ६०५ रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। गत शुक्रबार चाँदी प्रतितोला ३ हजार ५५५ रुपैयाँका दरले खरीद–बिक्री भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*