भदौ २३ गतेका दमनकारीलाई अन्तर्राष्ट्रिय घेराबन्दी गर्छौंः गृहमन्त्री
२४ मंसिर २०८२, बुधबार ०७:५४

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २३ गते भएको जेन–जी आन्दोलनमा दमन गर्नहरूलाई अन्तर्राष्ट्रिय रूपमा समेत घेराबन्दी गरिने बताएका छन्।
मंसिर २३ गते मंगलबार जेनजी विद्रोहको तीन महीना पूरा भएको र जेन–जी शहीदहरूको सम्झनामा काठमाडौंमा आयोजित दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
सत्तासीन दलहरूको कुशासन र बढ्दो व्यथितिका कारण जेनजी विद्रोह भएको बताउँदै जेनजी शहीदहरूको माग पूरा गर्न आफू दृढताका साथ अघि बढ्ने बताए।
जेनजी विद्रोहमा अत्यधिक र घातक बल प्रयोग गरी दमन गरिएको विषयमा जाँचबुझ आयोग, प्रहरी र मानव अधिकार आयोग समेतले अनुसन्धान गरिरहेको र अनुसन्धान पूरा भएपछि दोषीको पद नहेरी कारबाहीको दायरामा ल्याइने बताए।













