चेपाङ बिद्यार्थीले बनाए स्याटेलाईट, चीनमार्फत प्रक्षेपण

२४ मंसिर २०८२, बुधबार १४:२४

काठमाडौं । चेपाङ विद्यार्थीले बनाएको स्याटेलाइट चीनबाट प्रक्षेपण भएको छ । ‘स्लिपर्स टु स्याटु’ मिसनअन्तर्गत निर्माण गरिएको स्याटेलाइट बुधबार बिहान पौने १० बजे प्रक्षेपण गरिएको अन्तरिक्ष प्रतिष्ठान नेपालले जनाएको छ ।

चीनको इनर मंगोलियास्थित चिउक्वान स्याटेलाइट लन्च सेन्टरबाट काइनेटिका वान रकेटबाट उक्त स्याटेलाइट प्रक्षेपण गरिएको हो । यो नेपालभित्रै बनेर बनेको पहिलो स्याटेलाइट हो । यो स्याटेलाइट क्युब स्याटेलाइट हो । चेपाङ समुदायका ७ र ८ कक्षामा अध्ययनरत विद्यार्थी स्याटेलाइट निर्माणमा संलग्न थिए ।

‘स्लिपर टु स्याट’ अर्थात् ‘एक जोर चप्पल किनेर लगाउन पनि धौ–धौ पर्ने समुदायका मानिसको स्याटेलाइट निर्माणसम्मको यात्रा’ ‘थिम’ लिएर मिसन अघि बढाइएको हो ।

नेपालमा डिजाइन गरिएको यो स्याटेलाइट प्रतिष्ठानको पहलमा बनाइएको ‘उपग्रह बस’ प्रणाली हो । यस प्रणालीमा विद्युत् शक्ति प्रणाली (ईपीएस), स्याटेलाइटभित्रको कम्प्युटर (ओबीसी) र सञ्चार प्रणाली एउटै सर्किट बोर्ड (पीसीबी) मा समावेश गरिएको हुन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*