सुनको मूल्यमा वृद्धि, शुक्रबार प्रतितोला कति ?
२६ मंसिर २०८२, शुक्रबार १०:४०

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा वृद्धि आएको छ । सुन तोलामा तीन हजार ५०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि तोलामा १०० रुपैयाँले बढेर प्रतितोला तीन हजार ९०५ रुपैयाँ रुपैयाँ पुगेको छ ।
*सम्पादन













