मंगलबारपनि हावाहुरीसँगै हल्का वर्षा हुन सक्ने

३ चैत्र २०८२, मंगलवार ११:२७

काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजपनि केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको बताएको छ ।

महाशाखाका अनुसार अपराह्नपछि देशका केही स्थानहरू हावाहुरीसहित मेघ गर्जनको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङ, असिनासहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सोमबार आएको हावाहुरीका कारण देशका केही स्थानहरुमा भौतिक क्षतिसँगै मानवीय क्षति समेत हुन पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*