सिटी आयो लखपति बनायो योजना अन्तर्गत पाँच जना लखपति विजेता घोषण

३ मंसिर २०७८, शुक्रबार ०१:५२

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजना अन्तर्गत पहिलो महिनाको पाँच जना भाग्यशाली बिजेताको नाम घोषणा गरेको छ ।

कम्पनीले विद्युतिय प्रणालीबाट विजेता छनौट गर्दा जापानबाट रेमिट्यान्स पठाउने अन्जु घले, साउदीबाट यमलाल भुसाल, कुवेतबाट मीन कुमार श्रेष्ठ र जानुका चौलागाई र दुबईबाट रेमिट्यान्स पठाउने उमेश यादवालाई छनौट गरिएको जनाएको छ । सो योजना अन्तर्गत जनही लाख रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।

सिटीले २०७८ सालको दशैं तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुसँग चाडपर्वको खुसी साट्न लगातार ६१ दिन सम्म चल्ने सिटी आयो लखपति बनायो उपहार योजना गत भदौ ३१ गते घोषण गरेको थियो । उक्त योजना असोज १ गतेदेखी कात्तिक ३० गतेसम्म चलेको थियो ।

साथै सिटी एक्सप्रेसले उक्त योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेका दिन १ जना विजेतालाई १० हजार रुपैयाँ प्रदान गरेको थियो भने महिनामा ५ जनालाई १ १ लाख रुपैयाँ गरी २ महिनासम्म १० जना लखपति बन्न सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*