बीमा व्यवसायमा अभिकर्ताको दक्षता बढाउँदै एशियन लाइफ लम्की शाखा

४ आश्विन २०८३, आईतवार १६:२१

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लम्की शाखा कार्यालय कैलालीको आयोजनामा असोज ४ गते अभिकर्ता आधारभूत तालिम सम्पन्न भएको छ। लम्की शाखा कार्यालयको आयोजनामा सञ्चालन गरिएको उक्त तालिम जानकी गाउँपालिका–०१, दुर्गौली कैलालीस्थित स्मार्ट क्याफेमा आयोजना गरिएको हो ।

अभिकर्ताहरूको क्षमता अभिवृद्धि, बीमा व्यवसायसम्बन्धी आधारभूत ज्ञान तथा कार्यक्षमतामा थप निखार ल्याउने उद्देश्यले सञ्चालन गरिएको तालिममा लम्की शाखाका सम्पूर्ण अभिकर्ताहरूको सहभागिता रहेको थियो।

तालिम कार्यक्रमको अध्यक्षता एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की शाखाका शाखा प्रमुख नवराज खनालले गरेका थिए भने विशेष अतिथिका रूपमा जय राज ढुंगानाको उपस्थिति रहेको हो। उनी सिनियर एजेन्सी म्यानेजरका रूपमा कार्यक्रममा सहभागी थिए ।

तालिमका क्रममा अभिकर्ताहरूलाई बीमा व्यवसाय, अभिकर्ताको भूमिका, सेवाग्राहीसँगको सम्बन्ध तथा अभिकर्ताको कार्यक्षमतासँग सम्बन्धित विषयमा जानकारी प्रदान गरिएको लम्की शाखाका कर्मचारी अम्भा दत्त अवस्थीले जानकारी दिए।

ज्ञान, सीप र व्यवहारिक अभ्यासलाई जोड दिँदै सञ्चालन गरिएको उक्त आधारभूत तालिमले अभिकर्ताहरूलाई आफ्नो जिम्मेवारी अझ प्रभावकारी रूपमा निर्वाह गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*