साताको पहिलो दिन सुनको मूल्यमा ७ सय रुपैयाँको गिरावट
५ मंसिर २०७८, आईतवार ११:५२

काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा सुन मूल्यमा गिरावट आएको छ । आज सुन प्रतितोला ७ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार भने छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, शुक्रबार प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार भने तोला १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।











