नक्कली धानको बिऊ विक्री गर्नेमाथि कारवाही गर्न माग

७ मंसिर २०७८, मंगलवार ०८:३६

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले नक्कली धानको बिक्री वितरण गर्र्ने वितरकमाथि तत्काल कडा कारवाही गर्न माग गरेको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रेस बिज्ञप्ति जारी गर्दै देशकै प्रमुख कृषि बाली धानको बाला नलाग्ने समस्याप्रति सरकारलाई गम्भिर बन्न आग्रह गर्दै किसानको खेत बाझो बनाउने कार्यमा संलग्न अभियुक्तहरुमाथि तत्काल कारवाही गर्न माग गरेको हो ।

मञ्चले बिज्ञप्तिमार्फत भनेको छ, ‘केही समय अगाडी काठमाडौं उपत्यकाको भक्तपुर, काठमाडौं तथा ललितपुरमा धान काटने बेलामा खेतमा फलेको धानमा दाना नलागेको बिषयमा राष्ट््िरय उपभोक्ता मन्च, भक्तपुर जिल्ला कार्य समिति, भक्तपुर मार्फत स्थानीय कृषकहरुको गुनासो आएको र तिनीहरुलाइ उचित क्षतिपूर्तिको साथै सिफारिश नै नभएको जातको धानको बिउ बिक्रि बितरण गरी सर्वसाधारण किसानलाइ ठगने काम गरेको हुंदा आवश्यक पहल गरी क्षतिपूर्ति भराइ पाउन तथा कानून बमोजिम पीडक पक्षलाइ हदैसम्मको कारवाही गरी पाउन अनुरोध गर्दछौं ।’

मञ्चले विस्तृत अध्ययन गरी तराइका केही क्षेत्रको लागी सिफारिश गरिएको डि.वाइ.२८ ब्राण्डको सिचुवान सीड कृषि बिज्ञान तथा प्रबिधि कं.लि., सिचुवान प्रान्त, चीन बजार व्यवस्थापक रहेको र काठमाडौं महानगरपालिकाको कालीमाटी स्थित काष्टमण्डप ट्रेड प्वाइन्टले आयात गरेको उन्नत जातको हाइब्रीड धानको बिउ भनिएको बिउ काठमाडौं उपत्यकाको भक्तपुरमा एकहजार, काठमाडौंमा १ हजार दुइ सय तथा ललितपुरमा १ सय रोपनीमा लगाइएकोमा कुनै पनि ठाउंमा एक दाना पनि धान नफलेकोले दावी गरिएको छ । मञ्चका अनुसार भक्तपुरमा ७,७५,००० रुपैयां, ललितपुरमा ७७,५०० रुपैयां तथा काठमाडौंमा नौ लाख ३० हजार रुपैयांको बिउ बिक्रि बितरण गरिएको थियो । सो कम्पनीमाथि कडा भन्दा कडा कारवाही गर्न मञ्चले माग गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*