सिटिजन लिडर्स नाइट २०२६ भव्य रुपमा सम्पन्न, भेषराज भट्टराई बने स्टार एजेन्सी म्यानेजर

१८ श्रावण २०८३, सोमबार १२:२६

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आयोजना गरेको ‘सिटिजन लिडर्स नाइट २०२६’ कार्यक्रम २०८३ साउन १६ गते (१ अगस्ट २०२६) काठमाडौंको रोयल टुलिप होटल, ग्वार्कोमा भव्य र सभ्य वातावरणमा सम्पन्न गरेको छ । दशैभरिका उत्कृष्ट बीमा अभियकर्ताहरुको राष्ट्रिय भेला आयोजना गरी कम्पनीले आवश्यक प्रशिक्षण, पुनर्ताजगी तालिम तथा पुरस्कार सहित भव्य रुपमा सम्पन्न भएको हो ।

कार्यक्रममा कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेको प्रमुख आतिथ्य तथा सञ्चालक महेश स्वर, प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल तथा प्रमुख बजार अधिकृत भूषण रिमालको उपस्थितिमा भव्य रुपमा कार्यक्रम सम्पन्न भएको हो । काठमाडौं उपत्यकाको तीन वटै जिल्लासहित ७७ वटै जिल्लाबाट उपस्थित भएका एक हजारभन्दा बढी बीमा अभिकर्ताहरु, शाखा प्रमुख सहितका कर्मचारीहरुको सहभागीहरूको भव्य बीमा जमघट भएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा कम्पनीको भावी रणनीति, बीमा व्यवसायको सम्भावना, नेतृत्व विकास तथा उत्कृष्ट कार्यसम्पादनलाई निरन्तर अगाडि बढाउने सन्दर्भमा बीमा अभिकर्ताहरुलाई तालिम तथा प्रशिक्षण दिइएको कम्पनीले जनाएको छ । अध्यक्ष प्रदिपजंग पाण्डेले सिटिजन लाइफलाई अझ सशक्त, दिगो र परिणाममुखी संस्थाका रूपमा अघि बढाउन सबैलाई एकजुट भएर कार्य गर्न आग्रह गरेका थिए ।

कार्यक्रमको औपचारिक शुभारम्भ कम्पनीको नयाँ आई–सोलुसन प्रणाली सफ्टवेयर भर्सन नेक्स्टको शुभारम्भसँगै गरिएको थियो । कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक समितिका सदस्यहरू तथा व्यवस्थापन टोलीले संयुक्त रूपमा भर्सन नेक्स्टको उद्घाटन गर्दै कम्पनीको डिजिटल रूपान्तरणतर्फको नयाँ यात्राको शुभारम्भ गरेको बताए ।

आधुनिक प्रविधिमा आधारित यस प्रणालीले कम्पनीको सेवा प्रवाहलाई अझ प्रभावकारी, छरितो, सुरक्षित तथा ग्राहकमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो । कार्यक्रमको विशेष आकर्षणका रूपमा ह्युमानोइड रोबोट तथा रोबोटिक डग प्रस्तुत गरिएका थिए । ह्युमानोइड रोबोटले प्रेरणादायी तथा सूचनामूलक हास्यरस मिश्रित सम्बोधन गर्दै सहभागीहरूको विशेष ध्यान आकर्षित गरेको थियो। आधुनिक प्रविधि र नवप्रवर्तनलाई कार्यक्रमसँग जोड्ने कम्पनीको प्रयास सहभागीहरूले अत्यन्त रुचाएका थिए ।

कार्यक्रममा देशभरबाट उत्कृष्ट कार्यसम्पादन गर्दै विभिन्न विधामा छनोट भएका सिटिजन लिडर, कर्मचारी तथा विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो । कार्यक्रमभर उत्साह, सम्मान, आत्मगौरव र सफलताको भावनाले भरिएको वातावरण देखिएको थियो ।

हास्य कलाकार सुन्दर खनालको रोमाञ्चकताको बीचमा कम्पनीका ब्राण्ड एम्बेसडर, नेपाली हास्यव्यंग्यका महान् व्यक्तित्व हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको विशेष उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो ।

कार्यक्रमका क्रममा विभिन्न विधामा उत्कृष्ट उपलब्धि हासिल गर्ने ७८० जना सिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता तथा शाखाहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।

सो पुरस्कार प्राप्त गर्नेहरुमा बुटवल शाखाले प्रथम बीमा शुल्क संकलनतर्फ देशभरकै उत्कृष्ट शाखाको उपाधि हासिल गर्यो, भेषराज भट्टराई उत्कृष्ट स्टार एजेन्सी म्यानेजर घोषित हुँदै बीमा शुल्क संकलनका आधारमा प्रथम स्थान हासिल गरेका छन् । त्यस्तै, नितेश श्रेष्ठ प्रथम बीमा शुल्क संकलनका आधारमा उत्कृष्ट ऋष्तष्शभल ीभबमभच बन्न सफल भएका छन् ।

उता, गीता पौडेल सर्वाधिक बीमालेख जारी गर्ने अभिकर्ताका रूपमा प्रथम स्थान हासिल गरिन् भने दिलबहादुर धामी सर्वाधिक अभिकर्ता भर्ती तर्फ प्रथम भएर पुरस्कार जित्न सफल भएका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*