भारतका राजदूतपछि वालेन्द्र शाहसँग चिनियाँ राजदूत माओमिङको भेट

२५ श्रावण २०८३, सोमबार १६:२८

काठमाडौँ । वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् । आजै उनले नेपालका लागि भारतका राजदूत महामहिम नवीन श्रीवास्तवले समेत भेट गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उनले चीनका राजदूतसँग भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन एवम् विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको छ।

भेटमा शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिए । राजदूत माओमिङले पनि शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए ।

वालेन्द्र शाहसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*