माइतीघरमा लघुवित्त पीडितद्वारा आत्मदाह प्रयास, प्रहरीले गर्‍यो उद्धार

२७ श्रावण २०८३, बुधबार १९:०३

काठमाडौं । माइतीघर मण्डलामा जारी लघुवित्त पीडितहरूको प्रदर्शनका क्रममा एक पीडितले आत्मदाहको प्रयास गरेका छन्। प्रहरीले तत्काल उद्धार गरी उनलाई अस्पताल पुर्‍याएको छ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका–६ का करिब ४५–५० वर्षीय नथुरी मुखियाले प्रदर्शनस्थलमै आफ्नो शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेका हुन्।

प्रहरीका अनुसार तत्काल उद्धार गरिएका मुखियालाई उपचारका लागि वीर अस्पताल लगिएको छ।

प्रहरीका अनुसार आगोका कारण उनको शरीरको माथिल्लो भागमा सामान्य जलन देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*