सरकारको व्यवस्थापन कुर्दाकुर्दै भक्तपुर होल्डिङ सेन्टरमा सुकुम्बासीले गरे आत्महत्या

२८ श्रावण २०८३, बिहीबार १२:५६

काठमाडौँ ।  भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा एक सुकुम्बासी एक सुकुम्बासीले आत्महत्या गरेका छन् । कृषि विकास बैंकको तालिम केन्द्रमा राखिएका ६० वर्षीय हिरालाल पासवान बिहीबार बिहान कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला पेका हुन् ।

सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका अव्यवस्थित बस्तीका टहरा हटाएपछि प्रभावित सुकुम्बासीलाई बोडेस्थित उक्त होल्डिङ सेन्टरमा राखिएको छ। तर, समयमा नै सरकारले ब्यवस्थापन गर्ने नसक्दा सुकुम्बासी मानसिक तनाबका कारण आत्महत्याको बाटो रोजि रहेका छन् ।

टहरा हटाउने क्रममा विस्थापित भएका दुई सुकुम्बासीले यसअघि पनि आत्महत्या गरेका थिए। पछिल्लो घटनाले विस्थापित परिवारको अवस्था र उनीहरूको मानसिक तथा सामाजिक सुरक्षामाथि प्रश्न उठाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*