उपचार सकेर काठमाडौं फर्किए पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा
२८ श्रावण २०८३, बिहीबार १३:०८

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल आइपुगेका छन्।
देउवा बिहीबार दिउँसो साढे १२ बजे थाइल्यान्ड हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा गम्भीर घाइते भएपछि उनी उपचारका लागि पत्नी एवं कांग्रेस नेतृ आरजु राणा देउवासँगै सिंगापुर गएका थिए।
उपचारपछि देउवा थाइल्यान्ड हुँदै बिहीबार काठमाडौं फर्किएका हुन्।
देउवालाई स्वागत गर्न नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेताहरू विमानस्थल पुगेका थिए। विमानस्थलमा नेता तथा कार्यकर्ताले देउवालाई स्वागत गरेका छन्।











