भोटेकोशीमा भिषण बाढीको क्षतिको अनुमान गर्न समय लाग्ने, करोडौंको बीमा दाबी पर्न सक्ने

उद्धारका लागि सुरक्षा निकाय परिचालन
१० भाद्र २०८३, बुधबार १०:४९

काठमाडौं ।  तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा भिषण बाढी आएको छ । आकस्मित बाढीको कारण यति नै क्षति भएको भन्ने विवरण आउन बाँकि नै रहेको छ ।  बाढीको क्षति ठूलो मात्रामा हुन सक्ने अनुमान गरिएको छ।  हाईड्रोपावर, कन्स्ट्रक्सन जस्ता ठूला पूर्वधारहरुको करौडौंको बीमा दाबी पर्ने बीमा कम्पनीहरुले अनुमान गरेका छन् । बालेन शाहले रसुवा बाढीसँगै उद्धार तथा राहत कार्यलाई तीव्रता दिन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको बताएका छन्।

शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधावित र अन्य जिल्लाबाट समेत थप सुरक्षाकर्मी प्रभावित क्षेत्रतर्फ परिचालन भइसकेको जानकारी दिएका हुन्।
प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियार धेरै थोक नोक्सान भएको बताउाछन् । ‘अकास्मात बाढी आयो । धेरै थोक नोक्सान भएको छ,’ उनले भने, ‘तल्लो तटमा हाइड्रोका आयोजनाहरु बगेको भन्ने आएको छ । बस्तीमा पनि बाढी पसेको खबर आएको छ । धेरै कुरामा क्षति भएको छ ।’

नेपाली क्षेत्रमा पानी नपरेकाले पारि (चीन)बाट आएको हुनसक्ने उनले बताए । ‘हाम्रो साइडमा ठूलो खालको ग्लेसर थिएन । पारीबाट आएको भन्ने छ,’ उनले भने, ‘यता पनि परेको थिएन । हिजो राति धुन्चे तिर अलि अलि परेको थियो । तर बाढी आउने गरी परेको छैन ।’उद्धारमा समेत अहिले कठिनाइ भएको छ । ‘आर्मीको हेलिकप्टर निरीक्षणमा गइसकेको छ,’ उनले भने । थप क्षतिबारे बुझ्ने काम भइरहेको उनले बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*