गोसाइँकुण्ड तीर्थयात्रामा गएका मुक्तिनाथ विकास बैंकका दुई कर्मचारी सम्पर्कविहीन
११ भाद्र २०८३, बिहीबार १४:१३

काठमाडौँ । मुक्तिनाथ विकास बैंकमा कार्यरत दुई कर्मचारी गोसाइँकुण्ड तीर्थयात्राका क्रममा नुवाकोटको बेत्रावतीबाट सम्पर्कविहीन भएका छन् ।
बैंकका अनुसार भदौ १० गते बिहान करिब ९ः१५ बजे आएको बाढीपछि उनीहरू सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेमा मुक्तिनाथ विकास बैंकको नयाँ बानेश्वर शाखामा कार्यरत बिजेता अवाले र माछापोखरी शाखामा कार्यरत सुन्दरी श्रेष्ठ रहेका छन् ।
बैंकले उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा नजिकको मुक्तिनाथ विकास बैंकको शाखा वा बैंकका सम्पर्क नम्बर १६६००१४९९९९, ०१–५९००८८७ तथा ९८०२३०६६६३ मा जानकारी गराई खोजी तथा उद्धार कार्यमा सहयोग गरिदिन आग्रह गरेको छ ।









