तनहुँमा बीमा क्षेत्रका प्रतिनिधिको संस्था गठन, अध्यक्षमा रोबिन श्रेष्ठ

काठमाडौँ । तनहुँमा रहेका विभिन्न बीमा कम्पनीका प्रतिनिधिहरूको भेलाबाट बीमा क्षेत्रको विकास, प्रवर्द्धन तथा व्यावसायिक एकताका लागि नेपाल इन्स्योरेन्स प्रमोसन सोसाइटी गठन गरिएको छ।
भदौ ८ गते सम्पन्न भेलाले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका शाखा प्रमुख रोबिन श्रेष्ठलाई संस्थाको अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ।
संस्थाको उपाध्यक्षमा शान्त राम न्यौपाने, सचिवमा शेरबहादुर बोटे र कोषाध्यक्षमा लक्ष्मी पराजुली चयन भएका छन्। सदस्यहरूमा घनश्याम शर्मा, सञ्जय केसी, पुजा कार्की थापा, सन्तोष थापा, गोबिन्द श्रेष्ठ, कुसुम गुरुङ र पवनसिङ कार्की चयन भएका छन्।
नवगठित संस्थाले तनहुँमा बीमा क्षेत्रको प्रवर्द्धन, बीमासम्बन्धी जनचेतना अभिवृद्धि तथा बीमा व्यवसायमा आबद्धहरूबीच सहकार्य र व्यावसायिक एकता कायम गर्न भूमिका खेल्ने अपेक्षा गरिएको छ।









