बाढीले बगाएको बैंकको सेफ फुटाएर पैसा चोर्नेहरु पक्राउ

१३ भाद्र २०८३, शनिबार १०:५०

काठमाडौं । यही भदौं १० गते विहान रसुवामा आएको बाढीमा बगाएको बैंकको सेफ फुटाएर पैसा चोर्न कार्यमा संलग्न केही व्यक्तिहरुलाई धादिङ प्रहरीले पक्राउ गरेको छ । त्रिशुली नदिले बगाएर ल्याएको बैंकको सेफ फुटाएर एक करोड भन्दा बढि रकम चोरी गर्ने कार्यमा संलग्न २९ जना व्यक्तिहरुलाई धादिङका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा खोजी कार्य हिजोबाट सुरु गरेकोमा आज विहानसम्ममा ९२ लाख ६८ हजार ५०५ रुपैयाँ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी प्रकाश दाहालले बैंकको सेफ फुटाएर पैसा चोर्ने कार्यमा संलग्न केही व्यक्तिहरु पक्राउ परेको पुष्टी गरेका छन् ।

भदौं १० गते आएको बिनाशक बाढीले टिमुरे, बेत्रावती, त्रिशुली समेतका कूल ९ वटा बैंकका शाखा कार्यालयहरु बगाएको थियो । बाढीले सो क्षेत्रमा रहेका एटिएम मेशिन समेत बगाएको थियो । सो मध्ये एउटा बैंकको सेफ धादिङमा पुर्याएको थियो । अत्याधिक गह्रौं हुने भएकोले बाढीको शक्ति कमजोर भएपछि त्रिशुली नदिबाट किनारामा लगाएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*