सुनको भाउ बढ्दा चाँदीको घट्यो, अब प्रतितोला कति?

१८ कार्तिक २०८३, बुधबार १०:५३

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढ्दा चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा किनबेच भएको थियो।

त्यसैगरी यसदिन चाँदीको भाउ प्रतितोला ३ हजार ६५५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ६७५ रुपैयाँमा कारोबार भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*