मंगलबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
१६ भाद्र २०८३, मंगलवार १५:१२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२४ अकंले बढेर २५२२.६६ बिन्दुमा कायम भएको छ । आज ३४१ कम्पनीको ७६ लाख २ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८९ करोड ८५ लाख रुपैयाँको कारोबार भएको हो ।
मंगलबार १८१ कम्पनीको शेयर मूल्य बढेको छ भने ८४ कम्पनीको घटेको छ । आज १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
आज माथिल्लो मैलुङ खोलाको ७.१५ प्रतिशत, एमबिएल इक्विटी फण्डको ५.८८ प्रतिशत, इमर्जिङ नेपालको ४.८५ प्रतिशत, सान्जेल जलविद्युतको ३.८१ प्रतिशतले शेयर मूल्य बढेको छ ।










