लघुवित्तहरुको प्रतिशेयर आम्दानीमा उछालः ३७ कम्पनीको २० रुपैयाँमाथि, कुनको कति ?

१७ भाद्र २०८३, बुधबार १८:२५

काठमाडौँ । नेप्सेमा सूचीकृत लघुवित्त वित्तीय संस्थाहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा लघुवित्त क्षेत्रको प्रतिशेयर आम्दानीमा उल्लेख्य सुधार देखिएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा औसत प्रतिशेयर आम्दानी ४ रुपैयाँ १० पैसा रहेकोमा गत आर्थिक वर्षमा बढेर ३२ रुपैयाँ ५० पैसा पुगेको छ। यसअनुसार लघुवित्त क्षेत्रको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ४० पैसाले बढेको देखिन्छ।

प्रतिशेयर आम्दानीका आधारमा सबैभन्दा अगाडि सिवाइसी नेपाल लघुवित्त रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षमा ११० रुपैयाँ ६६ पैसा पुगेको छ। अघिल्लो वर्ष भने कम्पनीको प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ८१ पैसा ऋणात्मक थियो। त्यसपछि ग्लोबल आइएमई लघुवित्तको प्रतिशेयर आम्दानी ६१ रुपैयाँ ८७ पैसा पुगेको छ, जुन अघिल्लो वर्षको १२ रुपैयाँ ११ पैसाको तुलनामा ४९ रुपैयाँ ७६ पैसा बढी हो।

जीवन विकास लघुवित्तको प्रतिशेयर आम्दानी ६१ रुपैयाँ ८० पैसा पुगेको छ। अघिल्लो वर्ष ४५ रुपैयाँ ९९ पैसा रहेकोमा १५ रुपैयाँ ८१ पैसाले सुधार भएको हो। राष्ट्रिय लघुवित्तको प्रतिशेयर आम्दानी ५८ रुपैयाँ ५९ पैसा पुगेको छ भने अघिल्लो वर्ष ४३ रुपैयाँ ५२ पैसा थियो। कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ७ पैसा बढेको छ।

अभियान लघुवित्तको प्रतिशेयर आम्दानी ५७ रुपैयाँ ४ पैसा पुगेको छ। अघिल्लो वर्ष १ रुपैयाँ २२ पैसा रहेकोमा ५५ रुपैयाँ ८२ पैसाले वृद्धि भएको छ। सपोर्ट लघुवित्तको प्रतिशेयर आम्दानी ५६ रुपैयाँ ८२ पैसा पुगेको छ, जुन अघिल्लो वर्षको २२ रुपैयाँ ११ पैसाभन्दा ३४ रुपैयाँ ७१ पैसा बढी हो। उपकार लघुवित्तको प्रतिशेयर आम्दानी ५२ रुपैयाँ ९३ पैसा पुगेको छ। अघिल्लो वर्ष १५ रुपैयाँ १ पैसा रहेकोमा ३७ रुपैयाँ ९२ पैसाले सुधार भएको छ।

फरवार्ड लघुवित्तको प्रतिशेयर आम्दानी ५२ रुपैयाँ १४ पैसा पुगेको छ। अघिल्लो वर्ष ३० रुपैयाँ ४८ पैसा ऋणात्मक रहेको थियो। माहुली लघुवित्तको प्रतिशेयर आम्दानी ४९ रुपैयाँ ८८ पैसा पुगेको छ भने अघिल्लो वर्ष ४ रुपैयाँ ६० पैसा थियो। यसमा ४५ रुपैयाँ २८ पैसाको वृद्धि भएको छ। डिप्रोक्स लघुवित्तको प्रतिशेयर आम्दानी ४८ रुपैयाँ १५ पैसा पुगेको छ, जुन अघिल्लो वर्षको ३० रुपैयाँ ८८ पैसाभन्दा १७ रुपैयाँ २७ पैसा बढी हो।

नेष्डो समृद्ध लघुवित्तको प्रतिशेयर आम्दानी ४७ रुपैयाँ ३ पैसा पुगेको छ। अघिल्लो वर्ष ३० रुपैयाँ ८४ पैसा ऋणात्मक रहेको थियो। मातृभूमि लघुवित्तको प्रतिशेयर आम्दानी ४५ रुपैयाँ १३ पैसा पुगेको छ, जबकि अघिल्लो वर्ष ८३ रुपैयाँ २८ पैसा ऋणात्मक थियो। महिला लघुवित्तको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ९१ पैसा पुगेको छ। अघिल्लो वर्ष ९५ रुपैयाँ ३२ पैसा ऋणात्मक रहेको कम्पनीले १३३ रुपैयाँ २३ पैसाको सुधार गरेको छ।

इन्फिनिटी लघुवित्तको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ६६ पैसा पुगेको छ, जुन अघिल्लो वर्षको १८ रुपैयाँ ८५ पैसाभन्दा १७ रुपैयाँ ८१ पैसा बढी हो। स्वावलम्बन लघुवित्तको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ४१ पैसा पुगेको छ भने अघिल्लो वर्ष २५ रुपैयाँ ९३ पैसा थियो। छिमेक लघुवित्तको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ८१ पैसा रहेको छ, जुन अघिल्लो वर्षको ३७ रुपैयाँ ३८ पैसाभन्दा २ रुपैयाँ ५७ पैसा कम हो।

स्वस्तिक लघुवित्तको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ४३ पैसा पुगेको छ। अघिल्लो वर्ष २५ रुपैयाँ ८४ पैसा ऋणात्मक रहेकोमा ५४ रुपैयाँ २७ पैसाको सुधार भएको छ। उन्नति सहकार्य लघुवित्तको प्रतिशेयर आम्दानी २८ रुपैयाँ २ पैसा पुगेको छ भने अघिल्लो वर्ष १७ रुपैयाँ ४३ पैसा थियो। आरम्भ चौतारी लघुवित्तको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ७९ पैसा पुगेको छ, जुन अघिल्लो वर्षको २३ रुपैयाँ ९८ पैसाभन्दा ३ रुपैयाँ ८१ पैसा बढी हो।

एनआइसी एसिया लघुवित्तको प्रतिशेयर आम्दानी सबैभन्दा कम ७ रुपैयाँ १ पैसा पुगेको छ। अघिल्लो वर्ष २५ रुपैयाँ ७९ पैसा ऋणात्मक रहेकोमा ३२ रुपैयाँ ८० पैसाको सुधार भएको छ।

माइक्रोफाइनान्सको वित्तीय विवरणमा चमक: ५० लघुवित्तको नाफा १२ अर्ब, खराब कर्जा कति ? (तथ्याङ्कसहित)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*